नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा
सम्भन्धी अत्यन्त जरुरी सुचना
नेपाल मेडिकल काउन्सिलको २०६६ सालको दर्ता प्रमाणपत्रको वार्षिक कार्यक्रम अनुसार पहिलो परीक्षा यही २०३३ कार्तिक १४ गते शनिबार हुने ब्यहोर सम्बन्धित सबैको जानकारी को लागि यो सुचना प्रकाशित गरिएको छ । ( मिती २०६६ भाद्र ३१ को कान्तिपुर र गोर्खापत्रमा प्रकाशित )
नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा (licensing examination)
सम्बन्धी बिस्त्रित जानकारी
२०६६ कार्तिक १४ गते शनिबार ( 31st oct ,2009) मा हुने नियमित दर्ता प्रमाणपत्र परीक्षा (licensing examination ) को लागि नेपाल मेडिकल काउन्सिलले मन्यता प्रदान गरेको मेडिकल / डेण्टल आधारभुत शैक्षिक कार्यक्रम उत्तिर्ण गरी कम्तिमा ६ महिनाको लगबुक सहित इन्टर्नसिप पुरा गरेको ब्यक्तिहरुबाट रीत पुर्वकको आवेदन आव्हान गरिन्छ ।
आस्थायी दर्ताको लागि १२ महिनाको इन्टर्नसीप अनिवार्य भएकोले सो अवधी पुरा गर्न बाँकी रहनेहरु licensing examination मा उत्तिर्न भएको हकमा त्यस्ता ब्यत्क्तीहरुले इन्टर्नसीप पुरा गर्न बाँकी रहेको अवधीको इन्टर्नसीप पुरा गरी १२ महिनाको अनिवार्य इन्टर्नसीप पुरा गरेको प्रमाणपत्र पेश गरे पछी मात्र Temporary Registration को लागि आवेदन दिन पाउने छन ।
१. आवेदकले आफ्नो दर्खास्त पेश गर्दा निम्नानुसारका पर्मान्पत्रहरुको सक्कल र सो को प्रमाणित प्रतिलिपिहरु अनिवर्य पेश गर्नु पर्ने छ ।
(क) नेपाली नागरिकता को प्रमाणपत्र
(ख) एस. एल. सी देखी माथि आफुले अध्ययन गरेको सैक्षिक योग्यता तथा मेडिकल वा डेन्टल डिग्री (M.B.B.S /B.D.S) वा सो सरका उपाधिका प्रमाणपत्र तथा लब्धाªक पत्रहरु
(ग) नेपालबाट इन्टर्नसीप गर्नेहारुको हक्मा यस काउन्सिलबाट प्राप्त गरेको परीक्षण दर्ता प्रमाणपत्र
(घ) कम्तिमा ६ महिना इन्टर्नसीप गरेको प्रमाणित लगबुकको फोटोकपी अनिवर्य रुपमा पेश गर्नु पर्ने ।
२. आवेदन फारम २०६६ असोज ४ गतेदेखी कार्तिक ९ गतेसम्म सार्वजनिक बिदाको दिनमा वाहेक यस काउन्सिलको काठमण्डौ बांसवारी स्थित कार्यालयमा बिहान ११ बजे बाट अपरान्ह २ बजे सम्म वितरण तथा दर्ता गरीने छ ।
३. दर्ता प्रमाणपत्र परीक्षा दस्तुर नेपाल मेडिकल काउन्सिल नियमावली (संशोधन २०५७ ) को अनुसुची ९ बमोजिम रु २५०० - ( अक्षरुपी दुई हजार पाँचसय रुपैया ) डिभलपमेन्ट क्रेडिट बैंक लिमिटेड कमलादी बाचत खाता नं ०३३९७ o.s. र हिमालयन बैंक, महाराजगण्ज शाखामा ही.नं २६९०८० "J" मा जम्मा गरी सो को सक्कल भौचर पेश गरेपछी मात्र आवेदन फारम उपलब्द हुनेछ ।
४. विलम्ब आवेदन फारम्को लागि रु १००० / - (एकहजार) विलम्ब शुल्क कायम गरेएको छ र कार्तिक १०,११ गतेसम्मा विलम्ब आवेदन फारम बितरण तथा दर्ता गरिनेछ ।
५. हुलाक वा कुरियर, फ्यक्स, ईमेल बाट प्राप्त आवेदन फारम दर्त गरेने छैन ।
पुनशच:
अन्य जानकारीको लागि नेपाल मेडिकल काउन्सिलको फोन नं ४३७१५६६,४३७१९५४ मा संपर्क राख्नु होला । परीक्षा सम्बन्धी बिस्त्रित्त जानकारी नेपाल मेडिकल काउन्सिलको सुचना पाटिमा पनि हेर्न सकिनेछ ।
नोट: नेपाल मेडिकल काउन्सिलको परीक्षा समय बिहान ९ बजे देखी ११:३० बजे सम्मा हुने ब्यहोरा सबैमा जानकारी गराइन्छ ।
There are many medical institution in Nepal registered under Nepal Medical Council of two categories medical and dental ....
This section provides certain information about codes and guidlines found in medical and in nepalese medical law....