नेपाल मेडिकल काउन्सिलको
दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) कोे
आवेदन फाराम खुलेको सम्बन्धी
अत्यन्त जरुरी सूचना !
(२०७३/१०/२५)



यस वर्षको तेस्रो तथा अन्तिम दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) पूर्व प्रकाशित सूचना बमोजिम २०७३ चैत्र १२ गते ( 25th March 2017) हुन गैरहेकोले २०७३ माघ २५ गतेदेखि नै परीक्षामा सहभागी हुन अनलाईन आवेदन फाराम खुलेको जानकारी गराइन्छ । फाराम भर्नका लागि exam.nmc.org.np मा जानुभई दिईएको निर्देशन (Instruction) बमोजिम Online Form Submission गर्नहुन अनुरोध गरिन्छ । Online बाहेक अन्य कुनै पनि माध्यमबाट परीक्षाको आवेदन फाराम बुझाउन पाइने छैन । फाराम माघ २५ गतेदेखि फाल्गुण २५ गतेसम्म बुझाउन सकिनेछ । २०७३ फाल्गुण २६ र २७ गते बिलम्ब शुल्क सहित फाराम भर्न सकिने व्यवस्था गरिएको   छ । सार्वजनिक बिदाको दिनमा कार्यालय बन्द रहेतापनि अनलाईन आवेदन फाराम भर्न सकिनेछ ।

थप अन्य बिस्तृत जानकारी लिनको लागि (सार्वजनिक विदाको दिनबाहेक) काउन्सिलमा सम्पर्क गर्नहुन जानकारी गराइन्छ । साथै काउन्सिलको वेभसाइट www.nmc.org.np मा तथा काउन्सिलको सूचना पाटीमा प्रकाशित सूचनाहरु हेर्नहुन अनुरोध गरिन्छ ।

 
परीक्षा समिति
नेपाल मेडिकल काउन्सिल
बाँसबारी, काठमाडौ
फोन नं. ४३७७१६४/४३७१९५४
ईमेल : nmc@nmc.org.np


Recognised medical / Dental Institutions

image3

There are many medical institution  in Nepal registered under Nepal Medical Council of two categories  medical and dental ....

[ more+ ]

Download Forms

image1

You can download various forms provided by Nepal Medical Council...

[ more+ ]

Registration

image1

Registration can be of different types as follows....

[ more+ ]

Medical Council Network

image3

Network of Medical Council of South East Asia Region

f1Soft International